Sunday, March 4, 2012

निर्णायक मोड (A moment of Decision)

प्यारा साथीहरु,
नेसास-अष्ट्रियाको काम-कार्यवाहीमा केही आधारभूत अड्चनहरु देखा परेको हुँदा - जस्तै पुराना थुप्रै क्रियाशील साथीहरुको परिस्थितीगत पलायन लगायत अन्य साथीहरुको पनि अत्याधिक व्यस्तताका कारण सामयिक कार्यक्रममा व्यवधान परेको हुँदा अब उपरान्त के कसरी अघि बढ्ने बारे छलफल गर्न हामीहरुले हाल कार्यकारी समितीका पदाधिकारीहरु र अन्य केही साथीहरुसँग छलफल गर्न भनी गत २ मार्च २०१२ मा ट्विन टावरमा स्थित बिनोद खड्काजीको रेस्टुराँमा भेला भई छलफल गर्‍यौं.

यसै प्रसङ्गमा, तपाईंहरु सबैको विचार जान्न पनि असाध्यै महत्वपूर्ण हुने ठानी अनलाईन पोल मार्फत र अन्य माध्यम मार्फत पनि विचार माग्दै छौं. पोल मार्फत अनलाईन भोट दिन चाहनु हुने साथीहरुले ब्लगको माथि पट्टिको भागमा नेसास-अष्ट्रियाको लोगो मुनिपट्टि राखिएका विकल्पहरु मध्ये कुनै एक छानेर Abstimmen थिच्नुहोला.