Sunday, October 11, 2009

For more Information

नमस्कार साथीहरु,

विभिन्न सुख-दुख वा महत्वाकांक्षा वा अन्य कुनै यस्तै कारण बोकेर विदेशिएका लाखौ नेपालीहरुको विशाल डायस्पोरा मध्ये अष्ट्रियाका विभिन्न शहरहरु र स-साना गाउँहरुमा छरिएर रहेको, अन्दाजी चार-पाँच सय नेपालीहरुको सानो समाज छ. सबै जसो साथीहरु कामकाज वा पढाई जस्ता कुराहरुमा व्यस्त हुनुहुन्छ. यहाँ सबैलाई आफ्नै किसिमका सहजता र कठिनाइहरु छन्. तैपनि राम्रो र उज्ज्वल भविष्यको निम्ति सबैले आ-आफ्नो किसिमले परिश्रम गर्दै हुनुहुन्छ.

यहाँ आउने हरेक नयाँ साथीलाई नयाँ समाज, नयाँ मान्यता-मूल्यहरू, नयाँ परिपाटी, कानूनद्वारा नियमन गरिएको जीवनधारासँग भिज्न समय पक्कै लाग्छ. सयौ जानकारीहरुको खाँचो परिरहेको हुन्छ, सयौ प्रश्नहरु पनि हुन सक्छन. यी विभिन्न खाले जानकारी, इत्यादीको सहयोग चाहिएमा हामीले जानकारी उपलब्ध गराउनको निम्ति सजिलो उपाय निकालेका छौं. तपाई आफ्ना जिज्ञासाहरु इमेल मार्फत निम्नलिखित nesasDOTaustriaATgmailDOTcom ठेगानामा हाम्रो समाजका सचिव श्री रमेश धमला वा अध्यक्ष श्री दीपक मल्लसँग सोध्न सक्नु हुनेछ. साथै अष्ट्रिया बाहिर अन्य मुलुकमा हुनुहुने वा नेपाल मै हुनुहुने साथीहरुको पनि केही जिज्ञासाहरु छन् भने हामी सक्दो जानकारी दिने प्रयत्न गर्नेछौं. उहाँहरु आफ्नो समय अनुकूल मिलाएर तपाईलाई जवाफ दिनुहुनेछ.