Sunday, October 11, 2009

For mor Information


नमस्कार साथीहरु,
विभिन्न सुख-दुख वा महत्वाकांक्षा वा अन्य कुनै यस्तै कारण बोकेर विदेशिएका लाखौ नेपालीहरुको विशाल डायस्पोरा मध्ये अष्ट्रियाका विभिन्न शहरहरु र स-साना गाउँहरुमा छरिएर रहेको, अन्दाजी चार-पाँच सय नेपालीहरुको सानो समाज छ. सबै जसो साथीहरु कामकाज वा पढाई जस्ता कुराहरुमा व्यस्त हुनुहुन्छ. यहाँ सबैलाई आफ्नै किसिमका सहजता र कठिनाइहरु छन्. तैपनि राम्रो र उज्ज्वल भविष्यको निम्ति सबैले आ-आफ्नो किसिमले परिश्रम गर्दै हुनुहुन्छ.

यहाँ आउने हरेक नयाँ साथीलाई नयाँ समाज, नयाँ मान्यता-मूल्यहरू, नयाँ परिपाटी, कानूनद्वारा नियमन गरिएको जीवनधारासँग भिज्न समय पक्कै लाग्छ. सयौ जानकारीहरुको खाँचो परिरहेको हुन्छ, सयौ प्रश्नहरु पनि हुन सक्छन. यी विभिन्न खाले जानकारी, इत्यादीको सहयोग चाहिएमा हामीले जानकारी उपलब्ध गराउनको निम्ति सजिलो उपाय निकालेका छौं. तपाई आफ्ना जिज्ञासाहरु इमेल मार्फत निम्नलिखित nesasDOTaustriaATgmailDOTcom ठेगानामा हाम्रो समाजका सचिव श्री रमेश धमला वा अध्यक्ष श्री दीपक मल्लसँग सोध्न सक्नु हुनेछ. साथै अष्ट्रिया बाहिर अन्य मुलुकमा हुनुहुने वा नेपाल मै हुनुहुने साथीहरुको पनि केही जिज्ञासाहरु छन् भने हामी सक्दो जानकारी दिने प्रयत्न गर्नेछौं. उहाँहरु आफ्नो समय अनुकूल मिलाएर तपाईलाई जवाफ दिनुहुनेछ.

Saturday, October 10, 2009

Happy Tihar 2066

Invitation for Dashain 2066

Happy Dashain 2006


Monday, March 23, 2009

Austrian Government passes new "Bleiberecht"


The Austrian Government has taken an important decision regarding the "Right of Residence" regarding the Refuge-Seekers on 12th March 2009. The new Law will come into enforcement just from the 1st. April 2009 however.
A famous German Daily named Kurier published on the 12th March 2009 a small news about it. I have translated it into Nepali for those, who have difficulty in understanding it in German.
The Translation of a News-Clip is followed by the scanned clip.



लेखको नेपालीमा रुपान्तरण

आरिगोना : बासको अधिकारले "स्थिती सप्रिंदैन"
कानून-परिवर्तन - राष्ट्रियसभामा निर्णय आज, तर १. अप्रिलदेखि मात्र लागु


आउँदो १. अप्रिलदेखि वैदेशिक अधिकारसंबन्धी केही महत्वपूर्ण परिवर्तनहरु लागु हुँदै छन्।
त्यसको निर्णायक बूँदा :


विदेशीहरुलाई यस्तो अधिकार प्राप्त हुनेछ, मानवीय बसाईंको निम्ति आवेदन गर्न पाउनेछन्। "अहिलेसम्म यो एउटा "क्षमा-अधिकार" थियो", भनी प्रष्ट्याउँछन् भियनास्थित कारितासका कानूनविद् गेओर्ग आट्च्वाङ्गर।
संवैधानिक अदालतको एउटा निर्णय अनुसार यस्तो कानून परिवर्तनको खाँचो परेको थियो। विशेष गरी, ती पुराना भनिने मुद्दाहरुको देशमा बस्न पाउने अर्थमा राम्रो आशा छ, उनीहरुको शरणार्थी-आवेदन निर्णय-प्रक्रियाको हरेक तहमा अस्वीकृत भएकै अवस्थामा पनि।
पुराना आवेदन भन्नाले ती मानिसहरु हुन्, जो अप्रिल् १,२००४ र त्यो अघिदेखि अस्ट्रियामा निरन्तर रुपले त्यसै गरी गृह मंत्रालयका अनुसार "धेरैजसो कानूनी"रुपले अल्झी बसेका छन् र जसको मुद्दाको फैसला असफल भएको होस्।


मानवीय आधारमा बसाईं-भीसा दिईने निर्णायक आधारहरु बासस्थान, काम (वा शिक्षा) र जर्मन भाषाको ज्ञान हुन्। भविष्यमा एउटा सल्लाहकार समितीले, जसमा सहयोगी संस्थाहरु तथा शहर-नगरपालिकाका प्रतिनिधीहरु हुन्छन्, गृहमन्त्रीलाई सल्लाह दिने भए पनि अन्तिम निर्णय गृहमन्त्री कै हुन्छ।


चलिरहेको शरणार्थी-मुद्दाको सन्दर्भमा, ती मुद्दाहरु हालका निम्ति जाँच मात्र गरिनेछ।


गत केही वर्षदेखि अस्ट्रियामा बस्न पाउनु पर्ने अधिकारको निम्ति लडिरहेकी एक जना कोसोभो मूलकी केटी आरिगोना चोगायलाई (माथि तस्वीर) अस्ट्रियन सरकारले धेरै लामो प्रक्रिया पछि केही महिना अघि मात्र त्यस्तो अधिकार प्रदान गरेको छ। तिनै आरिगोनाको बारेमा उनैका वकील हेल्मुट ब्लूमले कूरियर दैनिकलाई बताए - "यो नयाँ बस्न पाउने अधिकारको कानूनले आरिगोनाको स्थितीमा सुधार आउनेछैन।" आरिगोना २००७ सालको शिशिर मौसममा, कोसोभोमा प्रत्यार्पण गरिने डरले लुकिन्, केही अघि मात्र उनीले शरणका निम्ती आवेदन गरिन्।यो नयाँ बसाईंको कानून एक वर्ष अघि आएको भए, पुरानो मुद्दाको हिसाबले मानवीय भिसाको निम्ती उनीको अवस्था अहिलेको भन्दा बेस हुन्थ्यो। वकिल ब्लूम तैपनि आशान्वित छन्।

(मूल आलेख: मारिया केम, जर्मन भाषाको दैनिक पत्रिका कुरियरबाट साभार)

Wednesday, March 11, 2009

Christmas '08 in new Office & other photos

For photos of the X-Mas '08 in our own office at Tanbrckgasse 8 / 3-4, click on the following photo -

(Photos Credit: Mitra KHATTRI)

(Photos Credit: Many)

Invitation to Nepali New Year 2066 Program


Happy Holi / Fagu (2009)


Happy holi to everyone!!! May the colours of Holi bring you to your colourful world of dreams that you have.
God bless you all.

Thursday, January 1, 2009

Happy New Year 2009


We wish you all the best on the New Year 2009 -

Saturday, November 22, 2008

Ex-Chief of NCP(UML) comes to Austria

Current Development and Political Scenario of Nepal :

Opportunities and Threats
Nepal still faces rampant poverty, regional imbalance, increasing social divide and numerous political, social, economic and cultural problems. These problems are not only manifest in the daily lives of the people, but have led to violent conflicts at the national, regional and local levels. Recent political developments after the success of Jana Andolan II (aka People's Movement II), including a momentum for negotiation Nepal’s development policies, strategies and priorities, opportunities and threats and moving towards the participatory democracy, are, understandably, at the forefront of the concerns and activities of all those involved in promoting the emergence of a ‘New Nepal’.
It is, thus, important that politicians, policy makers, scientist, development community as well as the people at large reflect and review Nepal ’s recent past and develop appropriate strategies- based on a fresh perspective and analysis. In this context, we are going to organize the interaction program entitled ‘Current Development and Political Scenario of Nepal: an Opportunities and Constraints’ on 25th November at Vienna . It is our great pleasure to have former Deputy Prime Minister & Leader of CPN (UML), Madhav Kumar Nepal, as a chief guest of the program. We would like to invite all Nepalese societies and individuals in and outside Vienna for active participation in the discussion and contribute for defining development priorities, and frame the direction and nature of political change at present development scenario of Nepal.
Mr. Nepal took part in a conference in Brazil on 19th of November. His planned route of travel is as follows -
19 Nov- Brazil
22 Nov- Moscow, Russia
24 Nov- Paris, France at 11:45 and Vienna, Austria at 23:15
26 Nov- Budapest, Hungary at 14:00
27 Nov- Brussels, Belgium
28 Nov- Lisbon, Portugal
30 Nov- On the way again to Paris, France back to Nepal
Venue:
Seminarraum 1 des Institut für Südasien- , Tibet- und Buddhismuskunde Spitalgasse 2, Hof 2.7, 1090 Wien (U6 Alserstrasse and Tram 43 towards Schotentor: Two stops (Langegasse) and U2 Schotentor and Tram 43 (Langegasse two stops)


Date:
Nov, 25, Tuesday, 2008 (18:30 PM sharp time)

Dr. Shyam Upadhyaya
President, NRN Austria