Monday, March 23, 2009

Austrian Government passes new "Bleiberecht"


The Austrian Government has taken an important decision regarding the "Right of Residence" regarding the Refuge-Seekers on 12th March 2009. The new Law will come into enforcement just from the 1st. April 2009 however.
A famous German Daily named Kurier published on the 12th March 2009 a small news about it. I have translated it into Nepali for those, who have difficulty in understanding it in German.
The Translation of a News-Clip is followed by the scanned clip.



लेखको नेपालीमा रुपान्तरण

आरिगोना : बासको अधिकारले "स्थिती सप्रिंदैन"
कानून-परिवर्तन - राष्ट्रियसभामा निर्णय आज, तर १. अप्रिलदेखि मात्र लागु


आउँदो १. अप्रिलदेखि वैदेशिक अधिकारसंबन्धी केही महत्वपूर्ण परिवर्तनहरु लागु हुँदै छन्।
त्यसको निर्णायक बूँदा :


विदेशीहरुलाई यस्तो अधिकार प्राप्त हुनेछ, मानवीय बसाईंको निम्ति आवेदन गर्न पाउनेछन्। "अहिलेसम्म यो एउटा "क्षमा-अधिकार" थियो", भनी प्रष्ट्याउँछन् भियनास्थित कारितासका कानूनविद् गेओर्ग आट्च्वाङ्गर।
संवैधानिक अदालतको एउटा निर्णय अनुसार यस्तो कानून परिवर्तनको खाँचो परेको थियो। विशेष गरी, ती पुराना भनिने मुद्दाहरुको देशमा बस्न पाउने अर्थमा राम्रो आशा छ, उनीहरुको शरणार्थी-आवेदन निर्णय-प्रक्रियाको हरेक तहमा अस्वीकृत भएकै अवस्थामा पनि।
पुराना आवेदन भन्नाले ती मानिसहरु हुन्, जो अप्रिल् १,२००४ र त्यो अघिदेखि अस्ट्रियामा निरन्तर रुपले त्यसै गरी गृह मंत्रालयका अनुसार "धेरैजसो कानूनी"रुपले अल्झी बसेका छन् र जसको मुद्दाको फैसला असफल भएको होस्।


मानवीय आधारमा बसाईं-भीसा दिईने निर्णायक आधारहरु बासस्थान, काम (वा शिक्षा) र जर्मन भाषाको ज्ञान हुन्। भविष्यमा एउटा सल्लाहकार समितीले, जसमा सहयोगी संस्थाहरु तथा शहर-नगरपालिकाका प्रतिनिधीहरु हुन्छन्, गृहमन्त्रीलाई सल्लाह दिने भए पनि अन्तिम निर्णय गृहमन्त्री कै हुन्छ।


चलिरहेको शरणार्थी-मुद्दाको सन्दर्भमा, ती मुद्दाहरु हालका निम्ति जाँच मात्र गरिनेछ।


गत केही वर्षदेखि अस्ट्रियामा बस्न पाउनु पर्ने अधिकारको निम्ति लडिरहेकी एक जना कोसोभो मूलकी केटी आरिगोना चोगायलाई (माथि तस्वीर) अस्ट्रियन सरकारले धेरै लामो प्रक्रिया पछि केही महिना अघि मात्र त्यस्तो अधिकार प्रदान गरेको छ। तिनै आरिगोनाको बारेमा उनैका वकील हेल्मुट ब्लूमले कूरियर दैनिकलाई बताए - "यो नयाँ बस्न पाउने अधिकारको कानूनले आरिगोनाको स्थितीमा सुधार आउनेछैन।" आरिगोना २००७ सालको शिशिर मौसममा, कोसोभोमा प्रत्यार्पण गरिने डरले लुकिन्, केही अघि मात्र उनीले शरणका निम्ती आवेदन गरिन्।यो नयाँ बसाईंको कानून एक वर्ष अघि आएको भए, पुरानो मुद्दाको हिसाबले मानवीय भिसाको निम्ती उनीको अवस्था अहिलेको भन्दा बेस हुन्थ्यो। वकिल ब्लूम तैपनि आशान्वित छन्।

(मूल आलेख: मारिया केम, जर्मन भाषाको दैनिक पत्रिका कुरियरबाट साभार)

3 comments:

comment, posting, url submission, free web traffic said...

nice informations. keep updating your blog. with other activities as well.
Share them at share your informations, share your links, add Url free

Tehseen hasan bajwa said...

Watch World TV OnlineThanks for share of nice information about This.I never seen such type of information.I really like your post and your work hope you provide more information about this.austria fm radio onlinebrazil fm radio online

Anonymous said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन